राजु कानको ‘डन’ सार्वजनिक
मकालु खबर
२०७८ वैशाख २ गते
काठमाडौँ । नेपाली म्युजिक भिडियो निर्माणको क्षेत्रमा नेपाल बाहिर बस्ने नेपालीको योगदान उच्च रहँदै आएको छ । यसैमध्येका एक हुन् राजु कान ।
अस्ट्रेलियामा रहेर धेरै गीतहरूमा मोडलिङ र निर्देशन गरिसकेका राजुको निर्देशन र अभिनयमा ‘डन’ गीतको भिडियो सार्वजनिक भएको छ । सशान कँडेल र विनय कार्कीको स्वर रहेको गीतमा महेश ज्ञवालीको शब्द र संगीत संगीत रहेको छ ।
भिडियोमा राजु कान, देव नेपाली ,प्रतिभा महर्जन र हिलारी रावलको अभिनय रहेको छ । अस्ट्रेलियामै छायांकन गरिएको भिडियोमा कृष्ण सुवेदीको छायांकन र विकास दाहालको सम्पादन रहेको छ ।
मकालु खबर
२०७८ वैशाख २ गते
प्रतिक्रिया
सम्बन्धित