प्रधानमन्त्रीद्वारा ३८१ ‘लोकतन्त्रका योद्धा’ सम्मानित
२०७८ वैशाख १ गते

|सम्मान गर्दै प्रधानमन्त्री। ग्रहण गर्दै योद्धा। तस्बिरः |
काठमाडौं । सरकारले ३८१ जना ‘लोकतन्त्र योद्धा’ लाई सम्मानित गरेको छ । विसं ०६२/६३ को जनआन्दोलन, माओवादी सशस्त्र युद्ध र मधेश आन्दोलनमा ज्यान गुमाएकाका परिवार, घाइते तथा अपाङ्गगता भएकाहरु तथा १७६ जना बहिर्गमित पूर्वलडाकुहरुलाई लोकतन्त्रका योद्धाको रुपमा सरकारले सम्मान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा योद्धाहरुलाई सम्मान गरेका हुन् । सुरुआत गरेपछि प्रधानमन्त्रीलाई गाह्रो भएको थियो । त्यसपछि उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सम्मान गरेका थिए ।
२०७८ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित








