सैनिक मञ्च टुँडिखेलमा यसरी मनाइयो घोडेजात्रा (तस्बिरहरू)

काठमाडौं । विभिन्न कार्यक्रम गरी आइतबार काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइएको छ ।

हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने गरिन्छ । नेपाली सेनाले घोडेजात्राका अवसरमा काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेललगायतका विशिष्ट व्यक्तिको उपस्थिति थियो।

त्यसैगरी मन्त्रीगणहरू, नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरू, उच्च पदस्थ कर्मचारी, निजामति सेवाका कर्मचारीलगायतको उपस्थिति थियो ।

समारोहमा नेपाली सेनाका घोडसवारहरुले अश्वकला, युद्धकलालगायतका विभिन्न कला प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया