पार्टीको निर्णयमा बाधक बन्दिन : रेशम चौधरी

काठमाडौं । सांसद रेशम चौधरीले पार्टीको निर्णयमा आफू बाधक नबन्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारमा जाने नजाने विवादमा आफूलाई मुछेपछि बन्दी जीवन बिताइरहेका सांसद चौधरीले यस्तो स्पष्टीकरण दिएका हुन् ।

जेलमा रहेपनि आफू सांसद नै भएको उल्लेख गर्दै चौधरीले भनेका छन्, ‘त्यो पार्टीको निर्णय होला । पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कल्पना गर्न सक्दिन ।’

अहिले चौधरीको दल जनता समाजवादी पार्टी (जसपा) दुई खेमामा विभाजित भएको छ । चौधरीलाई भेट्न जसपाका नेता राजेन्द्र महतो आफैँ डिल्लीबजार कारागार पुगेका थिए ।

प्रतिक्रिया