ढकमक्क चेरी [फोटो फिचर]

काठमाडौं । बसन्त ऋतुको आगमनसँगै राजधानीमा ढकमक्क चेरी फूलेको छ । चैतको महिनामा विभिन्न बिरूवाले नयाँ पालुवा हालिसकेका छन् । राजधानीका कतिपय सडक अहिले चेरीका फूलले मगमगाइरहेको छ ।

चैत्र महिनाको सुरुवाती समय, गर्मीले आफ्नो प्रभाव बिस्तारै जमाउँदैछ । काठमाडौँका सडक छेउमा रोपिएका चेरीका बिरुवाहरू हलक्क बढेका मात्रै छैनन्, ती बिरुवाहरू ढकमक्क फूलेका छन् । भृकुटीमण्डपदेखि रत्नपार्कसम्मको सडकको छेउमा फूलेका यी बिरुवाहरुले पूरै काठमाडौँमा आफूहरुलाई रोपण गर्न अनुरोध गरिरहेछन् कि जस्तो देखिन्छन् ।

अघिपछि निकै धुलाम्य हुने यो क्षेत्रको सडक बसन्त ऋतुमा भने हेर्न लायक बनेको छ ।

तस्बिरहरू :

प्रतिक्रिया