अर्थर गनको नेपाली गीत ‘कागबेनी’ सार्वजनिक
२०७७ फागुन २९ गते

काठमाडौँ । अमेरिकन आइडलबाट चर्चामा आएका दिवेश पोखरेलको नयाँ नेपाली गीत सार्वजनिक भएको छ । अर्थर गन नामबाट परिचित दिवेशले आफ्नो आधिकारिक युट्युब च्यानलबाट ‘कागबेनी’ बोलको गीत सार्वजनिक गरेका हुन् । भिडियो दिवेश र लश मन्दुले निर्देशन गरेका छन् । भिडियोलाई दिवश गुरुङले निर्माण गरेका हुन् । दिवेशको सार्वजनिक हुन लागेको एल्बम ‘खोज’मा उक्त गीत समावेश गरिएको छ । उक्त एल्बम यही मार्च २२ मा सार्वजनिक हुँदै छ ।
२०७७ फागुन २९ गते
प्रतिक्रिया
सम्बन्धित








