बाबुराम भट्टराईले भने- ‘जसपा मुसा दौडमा छैन है’

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले जसपा मुसा दौडमा नभएको बताएका छन् । एमाले र जसपाबीच सत्ता साझेदारीबारे वार्ता चलिरहेका बेला भट्टराईको यस्तो प्रतिक्रिया आएको हो ।

बिहीबार राति ट्विटरमार्फत भट्टराईले कुर्सीको खेलमा नलागी समस्याका जड खोतल्न लाग्नु पर्ने बताए । ‘देश गम्भीर संकटमा फसेको बेला राजनीतिक दल र नेताहरूको भूमिका अपेक्षित स्तरको भएन है’ भट्टराईले भनेका छन् ।

अदालतको कृपाले अलिअलि लाज बचेको बेला पुनः उही म्युजिकल चियरको खेलमा लाग्न नहुने तर्क उनको छ । उनले भनेका छन्, ‘समस्याका संरचनात्मक कारण खोतल्ने, आफ्नो आत्मसमीक्षा गर्ने र अग्रगामी निकास दिने पो हो त ।’

प्रतिक्रिया