‘संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्छ’

वीरगञ्ज । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसदले निकास नदिए ताजा जनादेशमा जानुपर्ने बताएका छन् । बिहीबार वीरगञ्जमा पत्रकारहरुसँगको भेटघाटमा पोखरेलले यस्तो बताएका हुन् ।

सर्वाेच्च अदालतको पछिल्लो फैसलाले २०७५ साल जेठ २ गतेको अवस्थामा दलहरुलाई पुर्याएको स्मरण गराउँदै पोखरेलले भनेका छन्, ‘संसदले निकास नदिए जनादेशमा जानुको विकल्प छैन ।’

एमाले र माओवादी केन्द्र गरी नेकपा दुई वटा पार्टी भएपछि सरकार अल्पमतमा पर्ने अवस्था छ कसरी जानुहुन्छ ? भन्ने जिज्ञासामा नेता पोखरेलले भनेका छन्, ‘संसदमा विश्वासको मत ल्याउन नसके प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ । संसद पुनःस्थापना भएपछि संसदीय प्रक्रियाबाटै अघि बढ्छ ।’

गत फागुन ११ गते सर्वोच्चले ऋषि कट्टेलको पक्षमा फैसला गरेपछि ०७५ साल जेठ ३ गते एक बनेका पूर्वमाओवादी केन्द्र र एमाले साविककै अवस्थामा फर्किएका छन् ।

प्रतिक्रिया