माओवादीले राजनीतिक अवस्थाबारे अरु दलसँग छलफल गर्ने
मकालु खबर
२०७७ फागुन २५ गते
काठमाडौं । नेकपा माओवादी केन्द्रले पछिल्लो राजनीतिक अवस्थाबारे राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ ।
मंगलबार बसेको स्थायी समितिको बैठकले अहिले संसद, सरकार र राजनीतिक प्रक्रिया कसरी अघि बढाउने भन्ने बारेमा नेपाली कांग्रेस, नेकपा एमाले र समाजवादी जनता पार्टीसंसँग छलफल गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने नलिने भन्नेबारे बैठकले कुनै निर्णय नगरेको उनले बताए ।
स्थायी समितिले फागुन ३० गते केन्द्रीय कमिटी र चैत १ गते कार्यकर्ता भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।
मकालु खबर
२०७७ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित