‘राज्जा रानी’ लाई भारतमा अवार्ड

काठमाडौँ । नेपाली चलचित्र ‘राज्जा रानी’ ले भारतमा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । दाइजो प्रथाको कथामा बनेको मैथिली चलचित्र ‘राज्जा रानी’ ले साइनसिने फिल्म फेस्टिभलमा महत्त्वपूर्ण दुई विधामा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको हो ।

भारत, विहारको मुजफ्फरपुरमा मार्च ५ देखि ७ सम्म भएको फेस्टिभलको अन्तिम दिन चलचित्रलाई उत्कृष्ट रिजनल फिचर र उत्कृष्ट खलपात्रको विधामा अवार्ड प्रदान गरिएको हो । मैथिली भाषामा निर्मित चलचित्रका निर्माता राज कुमार महतोले अवार्ड थापेका थिए । उनलाई बलिउड तथा भोजपुरी गायिका स्नेह उपाध्यायले अवार्ड हस्तान्तरण गरेकी थिइन् ।

चलचित्र नेपाली र मैथिली भाषामा निर्माण भएको थियो भने यम थापाले निर्देशन गरेका हुन् । चलचित्रमा केकी अधिकारी, नाजिर हुसेन, कामेश्वर चौरासिया, स्वर्गीय दीपक क्षेत्रीको मुख्य भूमिका रहेको छ । फेस्टिभलमा २३ देशका दुई सय फिल्म दर्ता भएका थिए।

प्रतिक्रिया