विष्णु र अनुमतिको ‘मनै फाट्यो नि’ सार्वजनिक

काठमाडौँ । विष्णु ठकुरी र अनुमति नेपालीको अभिनय रहेको म्युजिक भिडियो ‘मनै फाट्यो नि’ सार्वजनिक भएको छ । कोरोना भाइरस पोजेटिभ देखिएपछि अन्य कुरासँग जोड्दा भएको घटनालाई भिडियोमा देखाइएको छ । भिडियो धादिङको विभिन्न स्थानमा छायाङ्कन  गरिएको छ । भिडियोमा उदयराज शर्माको छायाङ्कन , सम्पादन र निर्देशन रहेको छ भने सुधा भण्डारी वाग्ले यसका निर्माता हुन् । रमाकान्त वाग्लेको शब्द तथा स्वर रहेको उक्त गीतमा विकास चौधरीको सङ्गीत र सङ्गीत संयोजन रहेको छ ।

प्रतिक्रिया