तस्वीरमा ७१औं प्रजातन्त्र दिवस [फोटो फिचर]

काठमाडौं ।  शुक्रबार देशभर विभिन्न कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ।

जहानिया राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको दिनको सम्झनामा सरकारले फागुन ७ गते प्रजातन्त्र दिवस मनाउँदै आएको छ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ।

प्रजातन्त्र दिवसको अवसरमा काठमाडौंको सैनिकमञ्‍च टुँडिखेलमा विशेष कार्यक्रम गरी प्रजातन्त्र दिवस मनाइएको छ। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी‚ उपराष्ट्रपति नन्दबहादुर पुन‚ प्रधानमन्त्री केपी शर्मा ‌ओली‚ सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालगायतका विशिष्ट व्यक्तिको सहभागिता थियो।

यस अवसरमा सेनाले पनि तोप र बन्दुकले बढाइँ गर्नुका साथै प्रजातन्त्र प्राप्तिका लागि सहादत प्राप्त गर्ने शहीदहरूप्रति सम्मान अर्पण गरेको थियो।

तस्वीरहरू:

 

प्रतिक्रिया