दिनेश राउतको निर्देशनमा ‘प्रकाश’ बन्ने
२०७७ फागुन ५ गते

काठमाडौँ । चलचित्र ‘प्रकाश’ को औपचारिक निर्माण घोषणा गरिएको छ। फागुनको दोस्रो साताबाट फ्लोरमा जाने चलचित्रमा प्रदीप खड्का, दिया मास्के र रेनु योगीको मुख्य भूमिका रहने भएको छ।
अडिसनमार्फत् छनौट भएकी धनगढीकी रेनु योगीले यसै फिल्मबाट डेब्यू गर्ने भएकी छन्।
चलचित्रमा प्रदीप, रेनु र दियासँगै प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारहरुको अभिनय रहनेछ।
विकास सुवेदीले लेखेको कथालाई दिनेश राउतले निर्देशन गर्दैछन्। बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र महेन्द्र अधिकारीले निर्माण गर्दैछन्। चलचित्र छायांकनको जिम्मा राजेश श्रेष्ठले पाएका छन् भने जिवन थापाले सम्पादन गर्दैछन्।
२०७७ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








