शुभ जन्मदिन प्रविशा अधिकारी

काठमाडौँ । आज माघ २८ गते ‘बिदाइ’ चलचित्रबाट गायन क्षेत्रमा प्रवेश गरेकी गायिका प्रविशा अधिकारीको जन्मदिन । झापामा जन्मिएकी उनी एक दशक बढी समय यता गीतसङ्गीतको क्षेत्रमा आबद्ध छिन् । आस्था राउत इन्दिरा जोशीको समकक्षी अधिकारीले उनीहरूले झैँ चर्चा पाउन भने केही समय पर्खिन पर्‍यो । प्ले ब्याक सिँगरका रूपमा उनले कसलाई दिऊ यो जोबन चलचित्रको गीत ‘मायामा’ ले उनलाई यो क्षेत्रमा चिनाउने बलियो खम्बाको रूपमा काम गर्‍यो । मालतीको भट्टी, मञ्जरी, लङ्का, हिफाजत मार्‍यो नि मायाले मार्‍यो, नोभेम्बर रेन, होमवर्क लगायतका चलचित्रमा गीत गएकी उनको आफ्नै नाम चर्चामा नआए पनि उनले गएका गीत भने दर्शकले मन पराएका थिए ।

त्यसपछिका चलचित्रका गीतहरूले भने उनी आफैलाई समेत चिनाउन सफल भयो । उनको प्रताप दाससँगको सहकार्य धेरै दर्शकले मन पराएका छन् । रोज चलचित्रको ‘फूल हैन’ हुँदै प्रेम गीत ३को ‘हर युग होस’ सम्म आइपुग्दा उनीहरूको कामको सर्वाधिक चर्चा छ । पछिल्लो समयकी व्यस्त गायिका, स्पष्ट वक्ता प्रविशा अधिकारीलाई मकालु खबरको तर्फबाट जन्मदिनको शुभकामना ।

प्रतिक्रिया