किरण खरेलका गीतको सङ्ग्रह ‘ए दूरका सितारा’ प्रकाशन हुने

काठमाडौँ । गीतकार किरण खरेलका गीतहरुको सङ्ग्रह ‘ए दूरका सितारा’ प्रकाशन हुने भएको छ । खरेलका झण्डै तीन सयवटा गीतको सङ्ग्रहलाई ‘ए दूरका सितारा’ नाममा प्रकाशन गर्न लागिएको बुक हिल पब्लिकेशनका अध्यक्ष भुपेन्द्र खड्काले जानकारी दिए ।

पुस्तकमा खरेलले २०१० सालदेखि लेखेका र रेकर्ड भएका आधुनिक चलचित्र र लोकशैलीका झण्डै तीन सय गीत समाबेश हुने र यसका लागि गीतकार दिनेश अधिकारीले झण्डै ३ वर्ष लगाएर खरेलका गीत संकलन गरेका अध्यक्ष खड्काले मकालु् खबरलाई जानकारी दिए ।

खरेलको ८३ औँ जन्मदिनको अवसर पारेर मंगलबार पुस्तकको आवरण सार्वजनिक गरिएकाे पुस्तक आगामी चैतमा सार्वजनिक हुने छ ।

ए दूरका सितारा, भन मेरो चाँदनी कहाँ छ बोलको गीत खरेलको, रेकर्ड भएको पहिलो गीत हो । जसमा बटुककृष्ण ज्वालाको श्वर र सङ्गीत रहेको छ । यो गीत २०१३ सालमा भारतको कलकत्तामा रेकर्ड गरिएको थियो । पुस्तकको नाम यहि गीतबाट ‘ए दूरका सितारा’ राखिएको हो ।

प्रतिक्रिया