अमेरिकामा भीषण हिमपात, न्यूयोर्कमा संकटकाल

काठमाडौँ । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा भीषण हिमपात भएको छ । हिमपातका कारण हवाई उडान रद्द भएका छन् भने खोपकेन्द्रहरू पनि बन्द भएको छन् ।

स्थानीय समयानुसार सोमबार मध्यदिनसम्म न्यूजर्सी र पेन्सल्भेनियामा १९ इन्च र न्यूयोर्कमा १७ इन्च हिउँ परेको हो । भीषण हिमपातपछि न्यूयोर्क र न्यूजर्सीमा सङ्कटकाल घोषणा गरिएको छ । न्यूयोर्कमा बिहानैदेखि अत्यावश्यक पर्दाबाहेक अन्य यात्रामा प्रतिबन्ध लगाइएको छ भने विद्यालय बन्द गरिएका छन् ।

अमेरिकी मौसम विभागले भोलिदेखि मात्रै हिमपात कम हुने बताएको छ । हिमपातका कारण १,६०० भन्दा बढी हवाई उडानहरू रद्द भएका छन् । बीबीसी

प्रतिक्रिया