चितवनमा भित्रियो डोमिनार २५० सिसि बाईक
चितवन । बजाज कम्पनीले उत्पादन गरेको डोमिनार २५० सिसिको मोटरसाईकल चितवन जिल्लामा पनि भित्रिएको छ । जिल्लामा आईतवारदेखि यसको बिक्री सुरु भएको हो ।
बजाज मोटरसाईकलको आधिकारिक बिक्रेताहरुले नयाँ मोटरसाईकलको रुपमा डोमिनार २५० मोटरसाईकल बिक्री सुरु गरेका हुन् । पूर्वी चितवनको खैरहनीमा रहेका आशीर्वाद अटो मोबाईल्स र रत्ननगरमा रहेको निशाश मोटर्सले सो मोटरसाईकल आईतवार लन्च गरेको हो ।
आर्शिवाद अटो मोवाईल्स परिसरमा एक औपचारिक कार्यक्रम गरी सो मोटरसाईकलको सार्वजनिक गरिएको छ । खैरहनीका ट्राफिक इन्चार्ज रमेश भट्टले डोमिनार मोटरसाईकल सार्वजनिक गरेका थिए । सो अवसरमा भट्टले मोटरसाईकल तीव्र गतिका कारण दुर्घटना बढिरहेको भन्दै गति नियन्त्रण गर्दै यात्रा गर्न आग्रह गरे ।
आर्शिवाद अटो मोबाईल्सका संचालक सुरेश चौधरीले लामो यात्राका लागि डोमिनार २५० मोटरसाईकल आरामदायी रहेको बताए । सो मोटरसाईकलको मुल्य ४ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।
रत्ननगरको वकुलहरमा रहेको निशाश मोटर्सले पनि आईतवार नै अनौपचारिक कार्यक्रमबीच मोटरसाईकल सार्वजनिक गरेको छ । निशाश मोटर्सका संचालक संजिव थापाले डोमिनार मोटरसाईकल अनावरण गरी सार्वजनिक गरे । यो मोटरसाईकल युवाहरुलाई केन्द्रित गर्दै बजारमा ल्याईएको थापाको भनाई छ ।
यस्ता छन् विषेशता :
१.डिजिटल मिटर, आधुनिक एवंम् आकर्षक
२.आरामदायी यात्राको सुुनिश्चितता
३. सजिलो स्टार्ट र एकनाश प्रकाश
४.रोड ग्रिप र सडक सुरक्षा