राजनितीमाथि हरिवंशको गीति व्यङ्ग

काठमाडौँ । लोकप्रिय हाँस्य कलाकार हरिवंश आचार्यले देशको बिग्रदो राजनीतिमाथि व्यंग्यात्मक गीत बजारमा ल्याएका छन् । हरिवंश आफ्नै शब्द, संगीत र स्वरमा तयार भएको ‘एउटा कुरा छ’ बोलको गीत ल्याएका हुन् । उक्त गीतलाई ‘मह सञ्चारको युट्युब च्यानलमार्फत् सार्वजनिक गरेका छन् ।

उक्त गीतको म्युजिक भिडियोमा एकजना गाडा चलाउने व्यक्ति छन् । उनलाई ज्योतिषले आफूलाई नेता बन्ने भविष्यवाणी गरेको सुनाउँछन् । ज्योतिषले चुवान लड्यो भने धनी हुन्छ भन्ने सपना देखाएकोसमेत् सुनाउँछन् । भिडियोमा गाडा चलाउने व्यक्तिको भुमिकामा कलाकार हरिवंश स्वंय देखिएका छन् ।

केहि समय अगाडि हरिवशंले ‘तिमी के को जान्ने’ बोलको गीत सार्वजनिक गरेका थिए । उक्त गीतमार्फत् पनि उनले अरुका कुरा नसुन्ने र आफैं जान्नेसुन्ने छु भन्ने नेताहरुमाथि व्यंग्य हानेका थिए ।

यस गीतको म्युजिक भिडियोमा सागरराज शर्माको निर्देशन, प्रविन श्रेष्ठको रंग संयोजन, किरण तुलाधरको एरेन्ज र सत्यदीप केसीको सिनिमेटोग्राफी रहेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ :

प्रतिक्रिया