मालीमा दुई फ्रान्सेली सैनिकको मृत्यु
मकालु खबर
२०७७ पुस १९ गते
पेरिस । अफ्रिकी मुलुक मालीको उत्तरी क्षेत्रमा सडक किनारामा बिछ्याइएको बिस्फोटक पदार्थ विस्फोट हुँदा दुई फ्रान्सेली सैनिकको मृत्यु भएको छ ।
अघिल्लो दिन पनि तीन जना सैनिक यस्तै किसिमबाट मारिएका थिए ।
सन् २०१३ मा फ्रान्सेली सेना पश्चिमी अफ्रिकी मुलुक मालीमा तैनाथ भएयता ५० जना फ्रान्सेली सैनिकको मृत्यु भएको फ्रान्सेली सैनिक मुख्यालयले जनाएको छ । उक्त घटनामा अर्का एक सैनिक घाइते भएका छन् । मालीमा जारी जिहादी आक्रमणलाई निस्तेज बनाउन फ्रान्सेली सेना मालीमा तैनाथ गरिएको छ ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याँक्रोले सैनिकको मृत्यु भएकामा दुःख प्रकट गरे । (रासस–एएफपी)
मकालु खबर
२०७७ पुस १९ गते
प्रतिक्रिया
सम्बन्धित