स्मार्ट च्वाइसकोे स्मार्ट क्युआर सञ्चालनमा, प्रयोगकर्तालाई छ छुट अफर

काठमाडाैं । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले स्मार्ट क्युआर सञ्चालनमा ल्याएको छ । विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाहरुको प्राप्तीमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकिकृत गर्न सक्ने गरी यस किसिमको क्वीक रेस्पोन्स कोड पेमेन्ट प्लाटर्फम स्मार्ट क्युआर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

नेपाल राष्ट्र बैंकको नगदरहित कारोबार प्रणालीको प्रवर्द्धन गर्ने योजनालाई प्रोत्साहन गर्दै वित्तीय कारोबार अघि बढाउने नीति अनुरुप विभिन्न बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरुलाई विश्वस्तरीय, सुरक्षित र भरपर्दो सेवा प्रदान गर्न यो प्रणाली सक्षम रहेको बताइएको छ । मुलुकको समग्र डिजिटल इकोसिस्टमको विकासमा योगदान गर्ने कम्पनीको नीति र प्रतिबद्वता अनुसार यो सेवा सञ्चालनमा ल्याईएको हो । परम्परागत प्रणालीलाई स्तरोन्नती गर्दै नगदरहित आधुनिक भुक्तानी प्रणालीको विकास र प्रवद्र्धन गर्ने यस कम्पनीको मुख्य लक्ष्य रहेको छ ।

विभिन्न माेबाइल वालेट प्रयोग गर्ने ग्राहकहरुले स्मार्ट क्युआरको एउटै QR payment Terminal Scan  गरी भुक्तानी गर्न सक्नेछन् भने व्यापारीले एउटा SMART QR  काे QR Payment Terminal  राखेर विभिन्न Wallet प्रयोगकर्ताको भुक्तानी स्वीकार गरी एकिकृत कारोबार गर्न सक्नेछन् ।

स्मार्टच्वाइस टेक्नोलोजिजले आफ्नो नयाँ प्रडक्ट स्मार्ट क्युआरको शुरुवातका अवसरमा प्रयोगकर्ताका लागि बिभिन्न मल, डिपार्टमेन्ट स्टाेर र रेष्टुरेण्टहरुमा १५ प्रतिशत सम्मको छुट अफर समेत सार्वजनिक गरेको छ ।

प्रतिक्रिया