कमलको कामना- ‘मेरो नियति प्रचण्डले भोग्नु नपरोस्’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)अध्यक्ष कमल थापाले पार्टी विभाजनको घटना स्मरण गर्दै आफ्नोजस्तो नियति प्रचण्डले भोग्नु नपरोस् भनेका छन् ।
आज ट्वीट गर्दै उनले राप्रपा विभाजनका बेला तत्कालीन प्रधानमन्त्री प्रचण्डको प्रत्यक्ष दबाब र प्रभावमा त्यसबेला सनाखत कानुनविपरीत निर्वाचन आयोगले राप्रपा विभाजन घोषणा गरेको उल्लेख गर्दै प्रचण्डले त्यही नियति भोग्नु नपरोस् भनेका हुन् ।
उनले भनेका छन्, ‘पार्टी वैधानिकताको दावी गर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिँदै गर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु। तत्कालीन प्रम प्रचण्डको प्रत्यक्ष दवावरप्रभावमा त्यसवेला विना सनाखत कानुनविपरीत आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो। प्रचण्डले त्यही नियति भोग्नु नपरोस । मेरो शुभकामना ।’
पार्टी वैधानिकताको दाविगर्दै निर्वाचन आयोगमा प्रचण्डले निवेदन दिदैगर्दा म राप्रपा विभाजनको घटना सम्झिरहेको छु।तत्कालिन प्रम प्रचण्डको प्रत्यक्ष दवाव/प्रभावमा त्यसवेला विना सनाखत कानुन विपरित आयोगले राप्रपा विभाजन घोषणा गरेको थियो।प्रचण्डले त्यही नियति भोग्नु नपरोस।मेरो शुभकामना
— Kamal Thapa (@KTnepal) December 26, 2020








