टेड्रिङ एकमा ‘छक्का पन्जा ३’ सकरात्मक प्रतिक्रियाको वर्षात

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा ३’ केहिदिन अगाडि हाइलाइट्स नेपालको यूट्युब च्यानल मार्फत सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएको केहि घण्टामा नै टेड्रिङमा प्रबेश गरेको उक्त चलचित्र हाल टेड्रिङ एकमा पुगेको छ ।

२ वर्ष पहिला हलमा प्रदर्शन भएको चलचित्र पाइरेसी भएपछि डिजिटल राइट्स लिएको हाइलाइट्स नेपालले बुधवार साँझ यूट्युबमा सार्वजनिक गरेको हो । कलाकार दिपकराज गिरी र दिपा श्री निरौलाको टिमले निर्माण गरेको उक्त चलचित्रलाई सकारात्मक प्रतिक्रियाको वर्षा भएको छ ।

चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्धि तामाङ, विल्सन विक्रम राई, नीर शाहलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रले उठान गरेको बिषयवस्तु, केदार प्रसाद घिमिरेको कमेडीलाई दर्शकले धेरै मन पराएका छन् । चलचित्रले हलमा पनि बम्पर व्यापार गरेको थियो ।

प्रतिक्रिया