माधव नेपाल भन्छन्– दुई पार्टीको मनोविज्ञान सधैँका लागि हटाउनुपर्छ

काठमाडाैं । सत्तारूढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई पार्टीको मनोविज्ञान सधैँका लागि हटाउनुपर्ने धारणा राखेका छन् । मंगलबार राजधानीको कार्की बैंक्वेटमा बसेकाे दाहाल-नेपाल पक्षीय स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँगकाे कुराकानीमा उनले यस्ताे धारणा राखेका हुन् ।

यस्तै उनले बहुमतकाे निर्णय मात्रै पार्टीकाे आधिकारिक धारणा हुने बताए । बालुवाटारमा बसेकाे ओली पक्षको बैठकमा भन्दा यता नेपाल-दाहाल पक्षकाे बैठकमा बहुमत रहेकाे छ । उनले बालुवाटारकाे बैठकलाई ‘गुट भेला’ काे संज्ञा समेत दिएका छन्।

यसअघि धेरै पटक नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबकाे नेकपा फुटेमा नेकपा माओवादी र नेकपा एमाले गरी नछुट्टीने, दुवै पार्टी मिसिएर छुट्टिने बताएका थिए ।

यस्तै नेता नेपालले पार्टीभित्र देखिएको समस्या अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका कारण निम्तिएको दावी समेत गरेका छन् । यस्तै उनले ओलीका कारण कार्यकारी अध्यक्ष प्रचण्डले पटक पटक अपमानको विष पिउनु परेकाे समेत बताए ।

प्रतिक्रिया