जबरजस्ती करणी अभियोगमा तीन जना पक्राउ

काठमाडौं । जबरजस्ती करणी अभियाेगमा विभिन्न जिल्लाबाट तीन जना पक्राउ परेका छन् ।

ललितपुरमा २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा महालक्ष्मी नगरपालिका-८ टाउनप्लानिङ बस्ने मकवानपुर बागमती गाउँपालिका-८ कान्तिपुर घर भएका ३३ वर्षीय बिमल बहादुर बिक पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

यस्तै उदयपुरका ४३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेकाे अभियोगमा त्रियुगा नगरपालिका-७ बस्ने ३२ वर्षीय दिपक मिरिङचिङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । दिपकले ती महिलालाई मंसिर १३ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी ईलाममा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईलाम नगरपालिका-१ बस्ने ४० वर्षीय भिम राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भिमले ती किशोरीलाई कात्तिक ३ गते जबरजस्ती करणी गरेका थिए ।

घटनाबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया