अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्छ : प्रचण्ड सचिवालय

काठमाडौं । नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले मंगलबार जारी संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्ने बताएको छ ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराएपछि सत्ताधारी नेताहरु नै असन्तुष्टि बनेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले यससमन्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

जारी अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको प्रचण्ड सचिवालयले टिप्पणी गरेको छ । सचिवालयले थप भनेको छ, ‘पार्टीको स्थायी समितिको बैठक चलिरहेको र अन्तर्विरोध चर्किरहेको बेला, सार्वभौम सम्पन्न संसदलाई समेत बन्धक बनाई अध्यादेश ल्याइनु गलत छ । नेपालको संविधानलाई लत्याएर शक्ति र सत्ताको दुरुपयोग गरी ल्याइएको यो अध्यादेशले लोकतान्त्रिक विधि र पद्धतिलाई समेत चुनौती दिएको छ । एकमनोवाद वा सर्वसत्तावाद प्रवृतिलाई बढावा दिँदै ल्याइएको यस प्रकारको अध्यादेशमार्फत् मुलुक सञ्चालन गर्न खोज्नु नेपाली जनता र समग्र आन्दोलन माथि नै अपमान हुने हुँदा यो अध्यादेश जस्ताको तस्तै फिर्ता हुनुपर्दछ ।’

यसअघि नेकपा नेता जनार्दन शर्माले अध्यादेश जारी हुनुलाई स्वार्थको पराकाष्ठा भनेका छन् भने अधिकांश मन्त्रीहरुले अध्यादेश जारीबारे कुनै जानकारी नभएको बताएका छन् ।

प्रचण्ड सचिवालय लेख्छः–

प्रतिक्रिया