‘अध्यादेश, सत्ता स्वार्थको पराकाष्ठा’

काठमाडौं । नेकपा नेता जनार्दन शर्माले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी अध्यादेश जारी हुनुलाई स्वार्थको पराकाष्ठा भनेका छन् ।

नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गराएपछि सत्ताधारी नेताहरु नै असन्तुष्टि बनेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले यससमन्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

‘सत्ता स्वार्थको परकाष्ठा किन?’ नेता शर्माले ट्वीटरमार्फत् प्रश्न गरेका छन्, ‘फेरि अध्यादेश ! छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन ।’

प्रतिक्रिया