रत्ननगर उद्योग वाणिज्य संघको चुनावी सरगर्मी, मतदान हुने पक्का

चितवन । नेपाल उद्योग बाणिज्य महासंघको चुनाबको माहोल सकिए लगतै रत्ननगर उद्योग वाणिज्य संघ चितवनको अधिबेशनले माहोल तातेको छ । मंसिर अन्तिम साता हुने अधिबेशनमा वरिष्ठ उपाध्यक्षसहितको पदका लागि चुनाव हुदैछ ।

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले आगामी कार्यकालको नेतृत्व सम्हाल्ने छन् । तर वरिष्ठ उपाध्यक्ष सहित अन्य पदाधिकारी र सदस्यमा मतदाननै हुने पक्कापक्की जस्तै छ । ती पदका लागि दुई प्यानल चुनावी मैदानमा उत्रदैछ । नेकपा निकटका ब्यवसायिको एउटा प्यानल र नेपाली काङ्ग्रेस सहितका दल निकटका ब्यवसायिको अर्को प्यानल बनेको छ । हालका अध्यक्ष नेकपा निकट हुन भने वरिष्ठ उपाध्यक्ष काङ्ग्रेस निकटका हुन् ।

शंकर गिरी

वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएपछि नेकपाले वरिष्ठ उपाध्यक्षसहित अन्य पदाधिकारी मागेकोमा त्यसमा सहमति हुन नसकेपछि लगभग माहोल मतदान तर्फ उन्मुख भएको हो । नेकपा निकट ब्यवसायिको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शंकर गिरी उठ्दैछन । उनी हाल उपाध्यक्ष छन् । गिरी नेतृत्वको प्यानलबाट बाणिज्य उपाध्यक्षमा भिमनारायण श्रेष्ठ, उद्योग उपाध्यक्षमा देवि प्रसाद डल्लाकोटी, बस्तुगत उपाध्यक्षमा बिरन्जना घिमिरे र एसोसिएट उपाध्यक्षमा राममणी थपलिया, महासचिवमा निराजन खनाल,कोषाध्यक्षमा उपेन्द्र शर्मा आचार्य उठ्ने पक्का भएको श्रोत बताउँछ ।

नेकपा निकटबाट सदस्यहरुमा ईश्वरी प्रसाद अर्याल, रामशरण नेपाल, सुरेन्द्र दुवाडी, सुर्य रेग्मी, सुन्दरमणी सुवेदी, प्रकाशमणी सापकोटा, अर्जुन बस्ताकोटी, महेन्द्र घिमिरे, रामप्रसाद पाण्डे, उद्धव कोइराला, अनुप बिसुराल, पुरु खनाल, सुवास मिश्र, उत्तम घिमिरे, लोजिककृष्ण सागर, जोगेन्द्र महतो र निर्मला सुबेदिको दाबी छ ।

                       देवेन्द्र कुमार श्रेष्ठ

यता काङ्ग्रेस निकट व्यवसायीबाट वरिष्ठ उपाध्यक्षमा देवेन्द्र कुमार श्रेष्ठ चुनावी मैदानमा उत्रदैछन् । उनी दुई पटक महासचिव भइसकेका छन् भने वरिष्ठ उपाध्यक्षको आश्वासनपछि उनी वर्तमान समितिमा मनोनित सदस्य हुन् । उनको प्यानलबाट बाणिज्य उपाध्यक्षमा कबिन घिमिरे, उद्योग उपाध्यक्षमा निरन्जन थापा, बस्तुगत उपाध्यक्षमा रघुनाथ भट्ट र एसोसिएट उपाध्यक्षमा हरिप्रसाद अधिकारीको नाम सार्वजनिक भैसकेको छ । सोही प्यानलबाट महासचिवमा माधव पौडेल र कोषाध्यक्षमा मिना उप्रेती उठ्दैछन् ।

सदस्यहरुमा सिताराम भट्टराई, बुद्धराम जोशी, यमनाथ आचार्य, सुरेन्द्र श्रेष्ठ, हेमराज आचार्य, कृष्ण चौधरी, सुर्यकान्त पौडेल, सागर दवाडी, शमशेर घामल्य, सबिन मानन्धर, कपिल ढकाल, हरिशरण भट्टराई, अरुण सिवाकोटी, नवराज लामिछाने, शिवराज मैनाली, श्रीरलाल परियार र बुद्धि चौधरीले उम्मेदवारी दिदैछन् । २९ सदस्यीय कार्यसमितिमा अन्य ४ सदस्य मनोनीत हुनेछन् । यहि मंसिर २८ र २९ गते हुने अधिबेशनमा १ हजार ३५३ सदस्यले मतदान गर्नेछन् ।

महासचिवमा नेकपाबाट बागी
चुनाबी सरगर्मी गरमागरम भइरहेका बेला नेकपाभित्र तरंग पैदा भएको छ । संघको आगामी कार्यसमितिको महासचिव पदमा बागी उम्मेदवार खडा भएपछि चुनाबि माहोल झनै तरंगित भएको हो ।

नेकपा निकट मानिने बर्तमान सदस्य निरज श्रेष्ठले महासचिवमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । यसले चुनाबलाई थप रौनक दिएको हो । श्रेष्ठ लगातार तीन पटक कार्यसमितिमा रहि काम गरिसकेका छन् । लामो समयसम्म त्याग गरेर काम गर्दा पनि मुल्यांकन हुन नसकेपछी आफू पनि महासचिव पदमा उठ्न लागेको श्रेष्ठले मकालु खबरलाई बताए ।

प्रतिक्रिया