बर्नलीको पोस्टमा म्यानचेस्टर सिटीको ५ गोल : रियादको ह्याट्रिक

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटीले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

सिटीको जितमा रियाद महरेजले ह्याट्रिक गरेका थिए । महरेजले खेलको ६, २२ र ६९औ मिनेटमा गोल गरेका थिए । त्यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेजले एक एक गोल गरेका थिए ।

त्यस्तै गएराती नै सम्पन्न खेलमा लिड्स युनाइटेडसँग एभर्टनसँग १-० गोल अन्तरले पराजित भएको छ । जितपछि सिटीको ९ खेलमा १५ अंक भएको छ भने लिगमा आठौ स्थानमा रहेको छ । त्यस्तै बर्नलीको भने ९ खेलपछि केबल ५ अंक रहेको छ ।

त्यसैगरी एभर्टन यो हारपछि १० खेलमा १६ अंकसहित छैठौ स्थानमा रहेको छ । त्यस्तै लिड्स यो जितपछि १० खेलमा १४ अंकसहित लिगको ११औ स्थानमा रहेको छ ।

प्रतिक्रिया