सचिवालय बैठक डाक्न तरखरमा रहेका अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगे शंकर पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल सचिवालय बैठक डाक्न तयारी गरिरहेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् ।

सचिवालय बैठक डाक्न प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सहमति लिने प्रयास असफल भएपछि आफैँले बैठक डाक्ने तरखरमा लागेका अध्यक्ष दाहाललाई भेट्न पाखरेल मंगलबार खुमलटार पुगेका हुन् ।

आज दाहाल बैठक डाक्ने निर्णयमा पुगेपछि त्यसलाई रोक्ने प्रयासस्वरुप पोखरेल खुमलटार पुगेको बुझिएको छ ।

अध्यक्ष दाहालसँगै बहुमत सचिवालय सदस्यले बैठक राख्न दिएको दुई दिने अल्टिमेटम सोमबारै सकिएको छ । यसअघि ओलीको सन्देश लिएर विष्णु पौडेल पनि प्रचण्डनिवास पुगेका थिए ।

प्रधानमन्त्री ओलीको विश्वासपात्र पोखरेलले पार्टीभित्र शीर्ष नेतृत्वमा विवाद चुलिँदा विवादलाई साम्य पार्ने भूमिका खेल्दै आएका छन् ।

 

प्रतिक्रिया