शान्तिश्री र थानेश्वरको ‘छुट्नलाई पो रैछ क्यारे’ बजारमा (भिडियोसहित)
मकालु खबर
२०७७ कार्तिक १ गते
काठमाडौं । लोक प्रिय गायिका शान्तिश्री पारियार र गायक थानेश्वर गौतमको आवाजमा सजिएको ‘छुट्नलाई पो रैछ क्यारे’ बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा प्रभा बर्तौलाको शब्द/रचना र संगीत गायक थानेश्वर स्वयम्काे रहेको छ । सच्चा प्रेम घर–परिवारका कारण बीचैमा छुट्नु पर्दाको पीडा सो गीतमा समेटिएको छ ।
गीतको भिडियोमा नायक पुष्प खड्का र जानु पोखरेलको अभिनय रहेको छ । खिमबहादुर गुरुङको छायांकन तथा सम्पादन रहेको भिडियोलाई कलाकार तथा निर्देशक माओत्से गुरुङले निर्देशन गरेका हुन् ।
भिडियो यहाँ हेर्नुहोस्:
मकालु खबर
२०७७ कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित