राप्रपा अध्यक्ष थापालाई कोरोना संक्रमण
मकालु खबर
२०७७ असोज २९ गते
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । थापाले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
बुधबार परीक्षणका लागि स्वाब दिएका उनको बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
उनले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा आएकालाई सुरक्षित र सतर्क रहन आग्रह गरेका छन् । अहिले उनी होम आइसोलेसनमै बसेका छन् ।
मकालु खबर
२०७७ असोज २९ गते
प्रतिक्रिया
सम्बन्धित