सामाजिक विकास मन्त्रालय र कटहरीबीच सम्झौता

विराटनगर । प्रदेश १ सामाजिक विकास मन्त्रालयले माेरङको कटहरीका शिक्षकलाई सूचना प्रविधि सम्बन्धि तालिम सञ्चालनका लागि आज (बुधबार) सम्झौता गरेको छ ।

विद्यालय शिक्षा गुणस्तर सुधार कार्यक्रम सञ्चालन निर्देशिका अनुसार सूचना प्रविधि शिक्षामा आधारित भइ शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्न र डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गर्न विद्यालयमा अध्यापनरत शिक्षकहरुका लागि आधारभुत कम्प्युटर ज्ञान तथा सूचना प्रविधि शिक्षा सम्बन्धि क्षमता विकास तालिम सञ्चालनका लागि मन्त्रालयले मोरङको कटहरी गाउँपालिकासँग सम्झौता गरेको हो ।

सूचना प्रविधि सम्बन्धि तालिम सञ्चालनका लागि कटहरी गाउँपालिकाका प्रमुख रामकुमार कामत र सामाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख कृष्ण पोखरेलबीच सम्झौता भएको छ । सम्झौता अनुसार गाउँपालिकाले तालिमका लागि ९० जना सामुदायिक विद्यालय र १० जना संस्थागत विद्यालयका शिक्षक छनौट गर्नुपर्ने छ ।

मन्त्रालयले यसअघि धनकुटाको धनकुटा नगरपालिका, इलामको सुर्योदय नगरपालिका, झापाको अर्जुनधारा र मेचीनगर नगरपालिका, मोरङको सुन्दरहरैचा, पथरीशनिश्चरे नगरपालिका, सुनसरीको धरान, इनरुवा, इटहरी बराहक्षेत्र, उदयपुरको त्रियुगा नगरपालिकासँग सम्झौता गरिसकेको छ । पहिलो चरणको तालिम मन्त्रालयले गत असोज १५ गतेदेखि शुरु गरेको छ।

प्रतिक्रिया