सरकारसँग ८ बुँदे सहमति, अनसन तोड्दै डा. केसी [पत्रसहित]

काठमाडौं । शनिबार मध्यरात २७ दिनदेखि अनसनरत् प्रा.डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । सरकारसँग ८ बुँदे सहमति भएसँगै डा. केसीले चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै सुरु गरेको अनसन अन्त्य गर्ने भएका छन् ।

हुम्लाबाट २७ दिनअघि अनसन सुरु गरेका डा. गोविन्द केसीले आज बिहान साढे ९ बजे आफ्नो अनसन तोड्ने भएका हुन् । शनिबार दिनभर डा. केसी र सरकारी पक्षका वार्ता टोलीबीच छलफल भएपछि ८ बुँदे सहमति पत्रमा डा. केसी र सरकारी पक्षको वार्ता टोलीका संयोजक गोपीनाथ मैनालीले हस्ताक्षर गरेका छन् ।

सरकारले बिहीबार डा. केसीसँग वार्ताका लागि टोली गठन गरेको थियो तर, सरकारी वार्ता टोली र डा. केसी पक्षको वार्ता टोलीबीच शुक्रबार वार्ता निराशाजनक भएको थियो । शनिबार विहानै डा. गोविन्द केसी पक्षको वार्ता टोलीले सरकारले डा। केसीको स्वास्थ्यमाथि गम्भीर नभएको आरोप लगाउँदै विज्ञप्ति निकालेको थियो ।

शनिबार नै शिक्षामन्त्री गिरिराजमणि पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीकहाँ यो वार्ता टोलीसहित छलफलका लागि पुगेका थिए । त्यसपछि बसेको वार्ता सकारात्मक भएको हो । अन्ततः शनिबार मध्यरातमा नै डा. केसी र सरकारी टोलीबीच सहमति पत्रमा हस्ताक्षर पनि भएको छ ।

  • सहमतिमा के छ ? 
प्रतिक्रिया