‘बत्तिस लक्षणकी भएकी बुहारी’ सार्वजनिक

काठमाडौं । गीतकार डा. डीआर उपाध्यायको नयाँ गीत ‘बत्तिस लक्षणकी भएकी बुहारी’ सार्वजनिकको छ ।

सासु बुहारीबीचको सम्बन्धलाई व्यक्त गरिएको गीतको भिडियो डीआर म्युजिक एण्ड क्रियशन मार्फत सार्वजनिक भएको हो ।

उपाध्यायको केही समय पहिला सार्वजनिक एल्बम अञ्जान तिर्खामा रहेको यो गीतमा सन्तोष श्रेष्ठको सङ्गीतमा प्रशन्ना शाक्य र रिता केसीको स्वर रहेको छ ।

सुभाष प्रधानको निर्देशन र चादनी शाहीको सहनिर्देशन रहेको गीतको भिडियोमा मनोज ओली, रस्मी श्रेष्ठ, सपना थापा र प्रभास लिम्बुको अभियन रहेको छ ।

डम्बर राईको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

हेर्नुहोस भिडियो

प्रतिक्रिया