अन्य देशको अवस्था हेर्दा नेपालमा बलात्कारको घटना चिन्ताजनक छैन : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विश्वका अन्य देशकाे तुलनामा नेपालमा बलात्कारकाे घटना चिन्ताजनक नभएकाे बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति बुधबार सिंहदरबारमा बसेको बैठकमा बझाङलगायत मुलुकको विभिन्न क्षेत्रमा महिला तथा बालिकामाथि भइरहेको बलात्कार हत्या/हिंसाल गायतका घटनासम्बन्धी छलफलका क्रममा उनले यस्ताे बताएका हुन् ।

‘विश्वका अन्य देशकाे तुलनामा नेपालमा बलात्कारका घटना चिन्ताजनक छैनन् । सवा दुई सय देशको अवस्थालाई विश्लेषण गर्दा नेपाल बलात्कारका घटनामा धेरै पछाडि छ । छाडिबाट हेर्दा हामी टप १५ मा छौं’, उनले भने ।

त्यस्तै, उनले नेपालमा प्रत्येक दिन ६/७ वटा बलात्कारको घटना हुने गरेको स्वीकार गर्दै त्यस्ता घटना न्यूनीकरण गर्नका लागि सरकारले अधिकतम प्रयत्न गरिरहेको बताए । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा अपराधीलाई कानूनी कठघरामा ल्याउन आफूहरु निरन्तर लागि गपरेकाे पनि बताए ।

मन्त्री थापाले बझाङकी सम्झना कामी लगायतमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन सरकारले कडा कदम चालेको पनि जानकारी गराए ।

प्रतिक्रिया