आकाश श्रेष्ठ, सलोन बस्नेत र रेखा शाहको ‘हिड्दा हिड्दै’को शुभ मुहुर्त

काठमाडौं । पछिल्लो समयका लोकप्रिय नायक आकाश श्रेष्ठ र सलोन बस्नेतको अभिनय रहने चलचित्र ‘हिड्दा हिड्दै’को शुभ मुहुर्त गरिएको छ ।

हिजो सोमबार शुभ मुहुर्त गरिएको चलचित्रमा यि दुई नायकसँग यहि चलचित्रबाट नायिका रेखा शाहले डेब्यु गर्दैछिन् । बिगत ६ महिनादेखि कोरोना भाईरस (कोभिड १९) ले निम्त्याएको बिश्वव्यापि महामारीका बीच प्रेमकथामा आधारित यो चलचित्रको शुभ मुहुर्त भएको छ ।

नारायण शुसिल पंगेनी इन्टरटेनमेन्टको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रलाई निर्देशक मिलन आले मगर निर्देशन गर्ने भएका छन् । साे चलचित्रमा पंगेनीकै लेखन रहेकाे छ । पंगेनीले लेखेको चलचित्रका निर्माताहरु दिल लामा, राज कुमार थिंग र पारस गुरुंग हुन् ।

प्रतिक्रिया