भारतमा कोरोनाले बनायो नयाँ रेकर्ड, एकैदिन थपिए ९० हजार संक्रमित

काठमाडौं । भारतमा कोरोना संक्रमितको दैनिक संख्यामा नयाँ रेकर्ड कायम भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा ९० हजार ६ सय जनामा संक्रमण पुष्टि भएको हो । यो भारतमा देखिएको हालसम्मकै उच्च दैनिक वृद्धि हो ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार एकैदिन ९० हजार ६ सय थपिएसँगै भारतमा कुल संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेको छ । साथै पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ४४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७० हजार ६७९ पुगेको छ । अहिलेसम्म ३१ लाख ७७ हजार ६७३ जना कोरोना मुक्त भएका छन् ।

आज बिहानसम्मको विवरण अनुसार विश्वभर कोरोना संक्रमितको संख्या २ करोड ७० लाख ६० हजार ४८९ पुगेको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट ८ लाख ८३ हजार ६५१ जनाले ज्यान गुमाएका छन् । यसैगरी १ करोड ९१ लाख ६० हजार ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *