अल्का अस्पतालकी कर्मचारीको हत्या, भतिजा पक्राउ

काठमाडौं । अल्का अस्पतालकी एक कर्मचारीको हत्या भएको छ ।

हत्या गरिएको कर्मचारी ३९ वर्षीय गीता केसीको शव गोदावारी नगरपालिका १० मुलडोलस्थित लेलेको जंगलमा भेटिएको छ । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् ।

ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ ।

केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =