अल्का अस्पतालकी कर्मचारीको हत्या, भतिजा पक्राउ
२०७७ भदौ २० गते

प्रतिकात्मक तस्वीर।
काठमाडौं । अल्का अस्पतालकी एक कर्मचारीको हत्या भएको छ ।
हत्या गरिएको कर्मचारी ३९ वर्षीय गीता केसीको शव गोदावारी नगरपालिका १० मुलडोलस्थित लेलेको जंगलमा भेटिएको छ । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् ।
ललितपुर प्रहरीका डीएसपी सन्तोष तामाङका अनुसार प्रारम्भिक अनुसन्धानमा गीताको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने देखिएको छ ।
केसीको परिवारले उनी हराएको भन्दै तीन दिनअघि महानगरीय प्रहरी परिसर, ललितपुरमा उजुरी दिएको थियो ।
२०७७ भदौ २० गते
प्रतिक्रिया
सम्बन्धित








