पोखरीमा डुबेर १६ वर्षीय चौधरी मृत्यु

विराटनगर । पोखरीमा डुबेर १६ वर्षिय बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–१४ मा रहेको (सरकारी पोखरी) रानी माई पोखरीमा विराटनगर १४ का १६ वर्षिय बिशाल चौधरीको डुबेर मृत्यु भएको हो ।

आइतबार बिहान पौडी खेल्न पोखरीमा पसेका चौधरीकाे पाेखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।

प्रवक्ता राईका अनुसार पाेखरीमा डुबेका चौधरीलाई ईलाका प्रहरी कार्यालय रानीबाट खटिएका प्रहरी टोलीले खोजतलास गर्ने क्रममा पोखरीमा मृत अवस्थामा फेला पारेकाे थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =