पानीको मूल्य घट्यो, अब प्रतिबोतल १६ रुपैयाँ मात्रै
मकालु खबर
२०७७ साउन २६ गते
काठमाडौं । उपभोक्ताले प्रतिबोतल २० रुपैयाँ तिरेर किन्ने गरेको प्रशोधित पानीलाई अब १६ रुपैयाँ मात्र तिरे पुग्ने भएको छ । खुद्रा पसलमा प्रतिबोतल २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको थियो ।
वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतलबन्द पानीको न्युनतम समर्थन मूल्य तोकेको छ । विभागद्धारा असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको हो ।
नयाँ मूल्य अनुसार एक जार प्रशोधित पिउने पानीको अधिकतम् खुद्रा मूल्य ५० र बोतलको मूल्य १६ रुपैयाँ तोकिएको छ । विभागले तोकेको नयाँ मूल्य भदौबाट लागु हुने छ ।
मकालु खबर
२०७७ साउन २६ गते
प्रतिक्रिया
सम्बन्धित