राष्ट्रिय सभाका चार समिति सभापतिद्वारा शपथ ग्रहण
२०७७ साउन २५ गते

सभापतिहरु भट्ट, गुरुङ, बिडारी र थापा। फाइल फोटो।
काठमाडौं । राष्ट्रिय सभाका चार समिति सभापतिले शपथ ग्रहण गरेका छन् ।
आइतबार दिउँसो सिंहदरबारमा आयोजित एक समारोहमा सभापतिहरुले सपथ ग्रहण गरेका हुन् ।
गत शुक्रबार राष्ट्रिय सभाअन्तर्गतका समितिहरुमा भएको सभापतिको निर्वाचनमा सबै समितिका सभापतिहरु निर्विरोध निर्वाचित भएका उनीहरुले आज शपथ ग्रहण गरेका हुन् ।
दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा ९पार्वती० सभापतिमा निर्वाचित भएका छन् ।
राष्ट्रिय सभा नियमावली अनुसार दुई वर्षे कार्य अवधि गत साता पूरा भएपछि पुनर्गठन गरिएको हो ।
२०७७ साउन २५ गते
प्रतिक्रिया
सम्बन्धित









