आज क्वाँटी खाँदै हुनुहुन्छ ? थाहा पाउनुस् यसका फाइदै फाइदा !

काठमाडौं । जनै पूर्णिमाका दिन एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ ।

यसरी क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । क्वाँटीले रोग प्रतिरोधी क्षमतासमेत बढाउने भएकाले कोरोनाबाट बच्न उपयोगी हुन्छ ।

क्वाँटी खाँदा शरिरमा हुने फाइदाबारे यहाँ चर्चा गरिएको छ :-
-क्वाँटीमा टुसा पलाएका गेडागुडी हुने भएकाले यसमा रेसाको मात्रा बढी हुन्छ । कब्जियतको समस्या हुनेले रेसादार खाना खाएमा धेरै फाइदा पुग्ने गर्दछ ।
-यसले मधुमेह तथा पायल्स भएका मानिसहरुलाई समेत फाइदा पुर्याउँछ ।
-यसले बूढो हुने गतिलाई मन्द पार्नुका साथै मानिसलाई सुन्दर स्वस्थ र रोगमुक्त पार्दछ ।
-तुरुन्त प्रयोग हुन सक्ने शरिरलाई चाहिने शक्तिको स्रोत दिन्छ । त्यसकारण शरिरको थकाई कम गर्छ र तनावबाट मुक्त गराउँछ ।
-टुसाएका गेडागुडी भिटामिन प्रशस्त पाइन्छ । क्वाँटीमा पनि भिटामिन ए, भिटामिन बी, भिटामिन सी, भिटामिन इ तथा खनिज पदार्थ प्रशस्त मात्रामा पाइन्छ ।
-क्वाँटी खाँदा रक्तसंचार र स्नायू प्रणालीलाई पनि धेरै फाइदा पुग्ने चिकित्सक बताउँछन् ।
-क्वाँटीको नियमित सेवनले स्मरणशक्ति पनि बढ्छ ।
-मानसिक स्वास्थ्यमा सुधार ल्याउँछ ।
-रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन सकिन्छ ।
-टुसाएका गेडागुडीमा क्षारीय गुण बढी हुन्छ । त्यसैले क्वाँटी खानाले ‘एसिडिटी’ तथा मूत्रनलीमा संक्रमणजस्ता समस्याबाट पनि छुटकारा मिल्छ ।
-गेडागुडीमा हुने सबै पौष्टिक तत्व शरिरले लिन सक्ने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =