सुनिता र बिक्रमको बहुप्रतिक्षीत गीत ‘आधा माया’ बजारमा (भडियो सहित)
मकालु खबर
२०७७ साउन १ गते
काठमाडौँ । कर्णप्रिय स्वरकी धनी गायिका सुनिता बुढा क्षेत्री र बिक्रम परियारको आवाजमा रहेको ‘आधा माया’ बोलको गीत बजारमा आएको छ ।
प्रलाद सुवेदीको शब्द र बसन्त थापाको संगीतमा तयार भएको उक्त गीतले लोक दोहोरीमा एउटा ट्रोन परिवर्तन गर्नेछ । धेरै दर्शक स्रोताको बहुप्रतिक्षीत गीत ‘आधा माया’को छायांकन सिन्धुपाल्चोकको सुकुटे भन्ने ठाँउ भएको हो ।
कृष्ण विक (भान्जा)को एरेञ्ज र आशिष अविरलको मिक्सिङ रहेको सो गीतलाई राग स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो । अभिनेता दिलिप रायमाझी र ऐश्वर्य सुनुवारको उत्कृष्ट अभिनय र नृत्य देख्न सकिनेछ । उक्त गीतलाई नवराज उप्रेतिले छायांकन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् ।
सुनिल क्षेत्रीले निर्देशन गरेको सो गीत स्रोता संगीतको अफिसीयल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
भिडियो यहाँ हेर्नुस्ः
मकालु खबर
२०७७ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित