राप्रपाको केन्द्रीय सचिवालयले पायो पूर्णता, थप ९ सदस्य मनोनीत
२०७७ असार १४ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सचिवालयमा थप ९ सदस्य मनोनीत गरी सचिवालयलाई पूर्णता दिएको छ ।
पार्टीको विधान बमोजिम अध्यक्ष त्रय कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नौ सदस्य थप गरी सचिवालयलाई पूर्णता दिएका हुन् ।
नयाँ म नोनित सदस्यमा केन्द्रीय सचिवालय सदस्यमा नीलकण्ठ काफ्ले (नवलपुर), भक्ति प्रसाद सिटौला (झापा), भरत रायमाझी (काठमाडौँ), इन्द्र चित्रकार (काठमाडौँ), राजाराम बर्तौला (मकवानपुर), बाबुराम बस्नेत (भोजपुर), रामशरण पाठक (चितवन) भरत प्रसाद पाठक (नुवाकोट) र मिना शाही (ललितपुर)लाई मनोनयन गरिएको हो।
२०७७ असार १४ गते
प्रतिक्रिया
सम्बन्धित








