अस्पतालको बेडमा सुतेकी महिलालाई ‘किस’, पक्राउ परे युवक
२०७७ असार १२ गते

प्रतिकात्मक तस्वीर
काठमाडौं । अस्पतालको बेडमा सुतिरहेकी महिलालाई किस गर्न खाेजेकाे आरोपमा एक युवक पक्राउ परेका छन् ।
विराटनगर ७ स्थित कोशी अस्पतालको फिमेल मेडिकल वार्डमा विरामी कुरुवा बसेकी महिलालाई ‘किस’ गर्न खोज्ने युवक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा मोरङ कटहरी गाउँपालिका वडा नम्वर ४ बस्ने २२ वर्षीय सुरजकुमार मण्डल रहेका छन् ।
बुधबार राति करिब साढे ३ बजे महिलालाई अभद्र व्यवहार गर्न खोजेपछि ती युवकलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । युवकलाई अभद्र व्यवहार अन्तर्गत म्याद थपी थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।
२०७७ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित








