चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
२०७७ असार १२ गते

चितवन । चितवनका १२ जना सहित थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २१ र गोदावरीका १ जनामा कोरोना देखिएको हो ।
चितवनको माडीका ९ जना, भरतपुर १५ र १६ का एक जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को गैँडाकोट नगरपालिकाका ७ जना र कावासोती नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।
त्यस्तै, चितवन मेडिकल कलेजमा उपचाररत गोदावरीका एक पुरुषमा पनि संक्रमण देखिएको छ । विहिबार २ सय १४ नमूना परीक्षण गर्दा १ सय ८० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।
२०७७ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित









