चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

चितवन । चितवनका १२ जना सहित थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुरस्थित कोभिड-१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १२, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का २१ र गोदावरीका १ जनामा कोरोना देखिएको हो ।

चितवनको माडीका ९ जना, भरतपुर १५ र १६ का एक जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को  गैँडाकोट नगरपालिकाका ७ जना र कावासोती नगरपालिकाका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

त्यस्तै, चितवन मेडिकल कलेजमा उपचाररत गोदावरीका एक पुरुषमा पनि संक्रमण देखिएको छ । विहिबार २ सय १४ नमूना परीक्षण गर्दा १ सय ८० जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 20 =