नेपालले चीनको आडमा भारत सँग पौंठेजोरी खेलेकै हो ?

भारतले १२ बर्ष लगाएर कालापानीमा बाटो बनाउँदा र भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणेले “कसैको उक्साहटमा नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको नयाँ नक्सा जारी गरेको” आरोप लगाएको बेला पनि मौन बसेका नेपाली सेनाका प्रधान सेनापति दुई शक्तिशाली छिमेकी चीन र भारतको सम्बन्ध अति खराब भएको बेला कालापानीको संबेदनशिल क्षेत्रमा टुप्लुक्क पुग्नु आफैमा शंका गर्ने ठाउ भएन र ?

झन त्यसमाथी प्रधान सेनापति पूर्णचन्द्र थापा कालापानी पुगेकै दिन असार ३ गते चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले छापेको “भारतले सीमा विवाद तन्काएमा पाकिस्तान र नेपालको सैन्य दबाबसमेत झेल्नुपर्ने” चेतावनीसहितको समाचार “काग कराउनु र चल्ला हराउनु” मात्रै होला त ?

सांघाई एकेडेमी अफ सोसल साइन्सका अनुसन्धानकर्ता हु झियोङलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले चीनसहित पाकिस्तान र नेपालसँग पनि भारतको सीमा विवाद रहेकाले यी मुलुक सहित चीनको सैन्य दबाब सामना गर्ने तागत भारतको नभएको उल्लेख गरेको छ ।

पंचशिलको सिध्दान्त र असंलग्न परराष्ट्र निती अबलम्बन गर्दै आएको हाम्रो परराष्ट्र र रक्षा मामला अब चीनद्वारा नै सञ्चालित हुने हो त ? होइन भने ग्लोबल टाइम्सले नेपालको तर्फबाट भारतलाई चेतावनी दिने आँट कस्को आडमा गर्यो ?
के हामी आफैं भारतलाई चेतावनी दिन नसक्ने भएकै हौं त ?

भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणेले नेपाल माथी लगाएको आरोप, आरोप मात्र नभएर सत्य साबित भएकै हो त ?
प्रधान सेनापतिको यो कुबेलाको भ्रमणले आपसी तनाबमा रहेका २ छिमेकीलाई उक्साउन र यस क्षेत्रमा थप अस्थिरता पैदा गर्न मद्दत पुगेन र ?

भारत र चीन लामो समय सम्म लडाईमा अल्झिरहदा त्यस्ले २ ढुंगा बिचको तरूललाई ठुलै फाईदा पुग्ला र ?

बिगतमा नेपालले जहिले पनि शान्तिको लागि पहल गर्दै आएको इतिहास बिर्सेर छिमेकी उक्साउने र ताली बजाउने अहिलेको हाम्रो कार्य हाम्रा लागि प्रत्युपादक पनि हुन सक्छ चेतना भया ।।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *