दक्षिण कोरियाबाट काठमाडौं आइपुगे २२८ नेपाली

काठमाडौं । कोरियाबाट २२८ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरुलाई लिएर आएको कोरियन एयरको जहाज बिहान त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

रोजगार अनुमति प्रणाली अन्तर्गत कोरिया गएर भिसा अवधिसकिएका तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरेर सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकता दिइएको थियो । कोरियन एयरको जहाज यात्रुबिनै नेपाल जान लागेको थाहा पाएपछि गैरआवासीय नेपाली संघ र नेपाली दूतावासले कोरियाबाट नेपाली उडाउन पहल गरेका थिए ।

यात्रुले टिकट बापत झण्डै ८५ हजार रुपैयाँ तिरेका छन् । दक्षिण कोरियाले नेपाली कामदार लिन पठाएको जहाजबाट आजै १६१ जना नेपाली कोरिया जाने भएका छन् । कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु फर्कन लागेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =